बीमा अभिकर्ताको रुपमा उदाहरणीय बन्दै सिर्जना श्रेष्ठ: यस्तो छ सफलताको कथा

२० फाल्गुन २०८१, मंगलवार १७:५२

जिन्दगीको मोडमा कतिबेला के आइपर्छ कुनै ठेगान हुँदैन । जिन्दगीको यात्रा कहिल्यै सरल हुदैन्, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको गति अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी सिर्जना श्रेष्ठले संघर्षको बाटोमा आफ्ना पाइलाहरू अगाडि बढाइरहेकी छिन् ।

बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बसोबास गर्दै आएकी सिर्जना सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रुपमा आवद्ध भएकी छिन्, उनले यो जिम्मेवारी लिएको दुई वर्ष भयो । सिटिजन लाइफको उत्कृष्ट बोनसदर र पर्याप्त तालिमबाट दिक्षित श्रेष्ठ बुटवल शाखाकी उत्कृष्ट एजेन्सी म्यानेजर बनेकी छिन् ।

मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै सिर्जनाले सिटिजन लाइफमा आबद्ध भएको छोटो समयमा लोभलाग्दो प्रगति गर्न सफल भएकी हुन् । बुटवलमा आफ्नै फेन्सी पसल सञ्चालन गरिरहेकी सिर्जनालाई बीमा अभिकर्ता बन्दै गर्दा सफल हुँला कि नहुँला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज सिर्जना सिटिजन लाइफकी नमुना एजेन्सी म्यानेजरको रुपमा परिचय बनाउन सफल भइसकेकी छिन् ।

जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई स्वीकार्दै सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता श्रेष्ठले व्यवसायको क्षेत्रमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ, उनी भन्छिन् । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले उनलाई निकै सहयोग गरेकोले यो उपलब्धी प्राप्त भएको उनले बीमा पोष्ट लाई बताइन् ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–३ चिडियाखोलामा जन्मिएकी श्रेष्ठ अहिले सिटिजन लाइफ इन्स्योरेन्सको बुटवल शाखा कार्यालयमा छिन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव भएका कारण श्रेष्ठले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित गरेकी छिन् ।

सिर्जनाले बुटवलको एक विद्यालयबाट २०५७ सालमा एसएलसी उत्तिर्ण गरेकी थिइन् । आम नागरिकहरुसँग बोल्ने नरम शैली र बीमा क्षेत्रको राम्रो ज्ञान भएकी सिर्जनालाई अभिकर्ता बन्न सिटिजन लाइफ इन्स्योरेन्सकै अभिकर्ता कोपिला थापाले सल्लाह दिएको उनी बताउछिन् ।

‘सुरुमा मलाई बीमा सम्बन्धि केही ज्ञान थिएन् । मेरै छिमेकी कोपिला दिदीले बीमा अभिकर्ता बन्नलाई सल्लाह दिएपछि मैले मेरो सर्टिफिकेट उहाँलाई सहयोग जस्तै सम्झेर दिएको थिए ।’ उनी थप्छिन् ‘कम्पनीले बीमितको परिवारलाई सजिलै दावी भुक्तानी दिदा मलाइ पनि लाग्यो कि सबै नागरिकहरुको बचत र जीवन रक्षावरणको लागि यो पेशालाई अंगाल्ने अंगाल्ने सोच बनाएँ ।’

२०७९ सालको बैशाख ७ गतेदेखि आधिकारीक रुपमा सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात भएको सुनाउँछिन् उनी । ‘सुरुमा मलाई त बीमाको बारेमा त्यति धेरै ज्ञान थिएन् । फेन्सी पसल सञ्चालन गर्दै आएका कारण मानिसहरुसँग राम्रो सम्बन्ध रहेको थियो ।’ उनले भनिन्, ‘सिटिजन लाइफको अभिकर्ता कोड निकालेपछि मेरो बीमा क्षेत्रमा नयाँ यात्रा तय भएको थियो ।’

घर परिवारको राम्रो साथ र सहयोग पाएकी सिर्जनाले बुटवलमा राम्रै चलिरहेको व्यवसायलाई समेत त्यागेर बीमा व्यवसायलाई अंगालेकी हुन् । ‘मैले विस्तारै कम्पनीका विभिन्न तालिमहरुमा सहभागी हुँदै गएपछि यो क्षेत्रमा झन् मन लाग्दै गएको छ ।’ उनले भनिन्, ‘अहिले म अभिकर्ता पेशाका कारण कुनै पनि समस्याको लागि घरपरिवार–श्रीमानसँग पैसा माग्नु परेको छैन् । म एकदमै सन्तुष्ट रुपले अभिकर्ता पेशामा नै रमाइरहेकी छु ।’

‘मलाई मेरा छोराछोरीलाई समेत गुणस्तरीय शिक्षा दिन यसै पेसाले सहयोग गरेको छ । मेरो छोरा हाल बेलायत (युके) मा उच्च शिक्षा पढ्न गएको छ ।’ सिर्जनाले भनिन्, ‘छोरालाई युके पठाउनको लागि बैंक इस्टेटमेन्ट देखाउनका साथै आर्थिक रुपले पनि निकै सहयोग मिलेको थियो ।’ सिटिजन लाइफ इन्स्योरेन्सले व्यवसाय प्रवद्र्धन गरेका कारण विदेश घुमाउने योजना ल्याएपछि उनले दुबइ र थाइल्याण्डसमेत घुम्ने अवसर पाएकी थिइन् तर विविध कारणले उनी घुम्न भने गइनन् ।

२०५९ सालमा बुटवलकै सुनिल श्रेष्ठसँग विवाह भएपछि उनको वैबाहिक जीवन सुरु भएको थियो । ‘मेरो घरपरिवार तथा श्रीमानले धेरै साथ र सहयोग गर्नुभएको छ । उहाँको साथ बिना मैले केही पनि गर्न सक्ने अवस्था थिएन् । म मेरो श्रीमानलाई धेरै–धेरै धन्यवाद दिन चाहान्छु ।’

उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर एक असल बुहारी, असल आमा पनि बन्नुका साथै जिम्मेवार श्रीमती बन्न सफल भएकी छिन् । आफ्नो छोरा–छोरीलाई उच्च शिक्षा हासिल गराउँनुका साथै श्रीमानका हरेक सुख, दुःखमा साथ दिँदैै आएकी छिन् ।

घर परिवार र श्रीमानको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेकी सिर्जना अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछिन् । ‘मेरो श्रीमानले आफ्ना व्यवसायिक चिनजाँन भएका मानिसहरुलाई समेत मसँग बीमा गर्न प्रेरित गर्दै जानु भएको छ । जसका कारण मैले आज मलाई अभिकर्ता पेशामा झन् सहयोग पाइरहेकी छु । जसले गर्दा यो क्षेत्रमा निरन्तरता दिन सजिलो भएको छ, उनले सुनाइन् ।

‘मैले मेरो श्रीमानको पहिलो जीवन बीमा गरेर आफ्नो अभिकर्ता पेशाको सुरुवात गरेको हँु । पछि विस्तारै बजारमा जाँदा मानिसहरुका विभिन्न प्रश्नहरुले मलाई झन् बलियो र आत्मविश्वासी बनाएको छ ।’ उनी भन्छिन्, ‘मैले मानिसहरुलाई बीमा पोलिसीमा भएका कर्जाका सुविधा तथा बैंकमा भएको पैसा विस्तारै सकिँदै जान्छ र जीवन बीमा गरेको पैसा झन् बोनससहित बढेर आउँछ भन्दै मानिसलाई सम्झाई–बुझाई बीमा गरिरहेकी छु, बीमितले पनि मलाई विश्वास गरिरहेका छन् ।

बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले सिर्जना बुटवल शाखा कार्यालयबाट सन् २०२५ को एमडीआरटी लक्ष्य समेत प्राप्त गर्न सफल भएकी छिन् । साथै, २०७९ सालमा अभिकर्ता बनाएकी उनी २०८० र २०८१ सालमा नै सिटिजन लाइफको चर्चित डाइमण्ड क्लबमा छनौट हुन समेत सफल छिन् । कम्पनीमा प्रवेशगरेपछि सिर्जना पाँच पटक सम्म ‘हिरो अफ दि मन्थ’ समेत बनेकी छिन् । विभिन्न क्लबहरुमा छनौट भएर मान, सम्मान पाउँदा बीमा गराउन उनीलाई झन उत्साह मिलेको उनी सुनाउँछिन् ।

उनी भन्छिन्, ‘मानिसहरुलाई बीमाबारे थुप्रै नकारात्मक कुराले प्रभावित गरेको छ । तर, उनीहरुलाई राम्रो तरिकाले बुझाउँदै गयो भने सबैले बीमा गर्छन् । मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’ सिर्जनाले वार्षिक ४० देखि ५० जना मानिसहरुको बीमा गर्दै आएकी छिन् ।

नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र समाजमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको सिर्जनाको बुझाइ छ । सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् ।

सिटिजन लाइफमा प्रवेश गरेसँगै सिर्जनाको जीवनमा आमुल परिवर्तन आएको छ । सूरुमा बीमा सम्बन्धि त्यति धेरै ज्ञान नभएकी र मानिसहरुसँग कुरा गर्दा समेत खुलेर बोल्न नसक्ने सिर्जनाको अभिकर्ता बनेसँगै आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले बुटवलका नागरिकहरुको जीवनम आइपर्ने जोखिमको रक्षावरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरिरहेकी छिन् ।

सिटिजन लाइफबाट एकदिन टीओटी बन्ने लक्ष्य रहेको उनी बताउछिन् । जसका लागि दिन–रात संघर्ष गरिरहेकी छिन् । साथै, उनले यस आवमै ‘सिटिजन स्टार’ बन्ने लक्ष्य मनमा लिएर बीमा व्यवसय गरिसहेको सुनाइन् । बजारमा थुप्रै बीमा अभिकर्ताहरु रहेका छन् तर, सिर्जना श्रेष्ठचाँही जीवन बीमा क्षेत्रकी एक सफल, मिहिनेती, संघर्षवान वित्तीय क्षेत्रको राम्रो ज्ञान भएकी तथा व्यवसायीक अभिकर्ता हुन् ।

अन्त्यमा, उनले मानिसहरुलाई व्यवसायीक अभिकर्तासँग बीमा गरेर जोखिम रक्षावरण गर्न आग्रह गर्नुका साथै आफ्ना बीमित, परिवार र सिटिजन लाइफलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*