नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय, १७ लाखको हात रित्तो

२० फाल्गुन २०८१, मंगलवार १८:१३

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार (फागुन २२ गते) बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी रहेका १७ लाख १७ हजार जनाको हात खाली हुनेछ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*