बोनस शेयर बापतको कर तिर्न सानिमा रिलायन्सको आग्रह

२१ फाल्गुन २०८१, बुधबार ०६:५९

काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत असोज २३ गतेको साधारणसभाले पारित गरेको बोनस शेयर बापतको कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ।

सभाले चुक्ता पूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो। यसका लागि कम्पनीले बोनस शेयरको ५ प्रतिशत कर बापतको रकम तिर्न आग्रह गरेको हो। कर तिरेको भौचर पाएपछि मात्रै शेयरधनीको डिम्याट खातामा बोनस शेयर पठाइने जनाएको छ।

साथै शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर तिरेर ऋण लिएको संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बोनस शेयर पठाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*