हुन्डाई सवारीको गुणस्तर कमजोर रहेको पुष्टि, आगलागी जोखिम रहेका ९ हजार गाडी फिर्ता

काठमाडौँ । हुन्डाई गाडीको गुणस्तर कमजोर रहेको विषय फेरि सतहमा आएको छ। समयसमयमा विभिन्न उत्पादन त्रुटि देखिँदा कम्पनीले आफ्ना गाडीहरू फिर्ता (रि-कल) गर्ने क्रम बढिरहेको छ। हुन्डाई ब्रान्डका सवारीसाधनको गुणस्तरप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। विशेषगरी, गाडीमा देखिने लगातारका त्रुटिहरूले आगलागीको जोखिम बढाएको भन्दै ग्राहकहरू चिन्तित बनेका छन्। उत्पादनमा देखिएका कमजोरीका कारण कम्पनी पटक–पटक गाडीहरू फिर्ता बोलाउन बाध्य हुँदै आएको छ, जसले उपभोक्ताहरूको विश्वास गुम्ने खतरा बढाएको छ।
पछिल्लो समय कम्पनी त्रृटि भएको भन्दै गाडी फिर्ता गरी रहँदा हुन्डाईका सवारीको गुणस्तर कमजोर रहेको पुष्टि भइरहेको छ । फेरी हुन्डाईले iX35 मोडेलका करिब ९ हजार गाडी फिर्ता गर्ने निर्णय गरेको छ। iX35 मोडेलमा ब्रेकिङ सिस्टममा देखिएको गम्भीर समस्याका कारण कम्पनीले यी गाडीहरू फिर्ता गर्नुपरेको हो। अनुसन्धानका क्रममा ब्रेक फ्लुइड चुहिएर एन्टी-लक ब्रेकिङ सिस्टममा विद्युत् सर्ट हुन सक्ने देखिएको छ, जसले गाडीमा आगलागीको जोखिम निम्त्याउन सक्छ।
अष्ट्रेलियाली यातायात विभागले २०१२ र २०१३ मा उत्पादित यी गाडीहरूमा गम्भीर त्रुटि रहेको पुष्टि गर्दै सम्बन्धित गाडीधनीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। आगलागीको सम्भावना भएकाले यी गाडीहरू ज्वलनशील वस्तु वा संरचनाबाट टाढा राख्न र घरको ग्यारेजमा पार्क नगर्न निर्देशन दिइएको छ।
सम्बन्धित निकायले गाडीधनीहरूलाई यदि इन्जिन वार्निङ लाइट बलिरहेको देखिएमा तुरुन्त गाडी रोक्न र नजिकको हुन्डाई सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ। कम्पनीले उत्पादन त्रुटि सच्याउन प्रभावित गाडीहरूको नि:शुल्क मर्मतको व्यवस्था मिलाएको छ।
हुन्डाई गाडीको उत्पादन गुणस्तरप्रति पटक–पटक शंका उठ्दै आएको छ। यसअघि पनि विभिन्न मोडेलमा गम्भीर समस्या देखिएको कारण हजारौं गाडी फिर्ता गर्नुपरेको थियो। गाडीमा पटक–पटक देखिने समस्या र कम्पनीको लगातार फिर्ता अभियानले उपभोक्ताहरूको विश्वास गुम्ने खतरा बढ्दै गएको छ।
https://www.vehiclerecalls.gov.au/recalls/rec-006298
सम्बन्धीत समाचार
हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम
प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता
गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा
हुन्डाई र कियाका ईभी गाडीमा गम्भीर समस्या, दुर्घटनाको जोखिम बढ्ने सवारी धमाधम बिक्री गरिदैं
हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’
हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू्













