नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

२१ फाल्गुन २०८१, बुधबार १३:१०

काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् फागुन २२ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ बिहिबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी रहेका १७ लाख १७ हजार जनाको हात खाली हुनेछ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*