आरआर क्याम्पसमा विनोद राज जोशी नेतृत्वमा नेवि संघ टिमको मनोनयन दर्ता

काठमाडौँ । आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) टिमले आफ्नो उम्मेदवारहरूको मनोनयन दर्ता गराएको छ।
सभापतिमा विनोद राज जोशी, सचिवमा अञ्जन बस्नेत र कोषाध्यक्षमा शारदा पौडेलको उम्मेदवारी परेको छ। यस्तै, सदस्य पदका लागि शेखर रोकाया, हिमेन्द्र नाथ शर्मा, वसन्त थिङ, प्रेरणा शाही, लोकेश बुढा, सङ्गिता खत्री, रबिन राज बस्नेत, र विशाल पौडेल उपाध्याय मनोनयन दर्ता गराएका छन्।
स्ववियु निर्वाचनलाई लक्षित गर्दै नेवि संघ टिमले विद्यार्थीका हकहित र क्याम्पस सुधारलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धा गर्ने बताएको छ। आगामी निर्वाचनमा विद्यार्थीहरूको विश्वास जित्ने रणनीतिसहित टिमले चुनावी अभियानलाई सशक्त बनाउने तयारी गरिरहेको छ।
विद्यार्थी माझ स्पष्ट वक्ता र असल नेतृत्वकर्ताका रुपमा परिचित जोशिको उम्मेदवारले आरआरको चुनावि माहोल थप रोचक बनेको छ । जोशिलाई बलियो उम्मेदवारको रुपमा लिइएको छ।













