नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

६ चैत्र २०८१, बुधबार ०९:०४

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पाँच वटा स्थानका लागि मार्केटिङ विभागमा १/१ जना कर्मचारी माग गरेको हो।

कम्पनीले चितवनका लागि अधिकृत र ईटहरी, वीरगंज, बनेपा र विराटनगर १/१ जना वरिष्ठ सहायक माग गरेको छ। अधिकृतका लागि कम्तीमा स्नातक पास गरी सम्बन्धित काममा २ वर्षको अनुभव भएको र सहायकका लागि कम्तीमा प्लस टू पास गरी सम्बन्धित काममा २ वर्ष अनुभव भएको हुनु पर्नेछ।

उमेरको हकमा अधिकृतका लागि २१ वर्ष पूरा भई ४५ ननाघेको र सहायकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।

योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिन भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिइसक्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*