सूर्यज्योति लाइफद्वारा ८ महिनामा ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी

६ चैत्र २०८१, बुधबार १२:३६

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले फागुन महिनासम्मको अवधिमा एक हजार ५५६ वटा बीमा दावी वापत ५४ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

यता सूर्यज्योति लाइफ इन्स्योरेन्सले फागुन महिनामै १९८ वटा बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले यस महिना कुल ६ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*