काभ्रेमा धुलो दुध कारखाना स्थापना गर्न नेपाल डेरी एशोसिएशनको माग

कामठाडौं । नेपाल डेरी एसोसिएसनले काभ्रेमा धुलो दुुध उत्पादन गर्ने कारखाना स्थापना गर्न प्रदेश सरकारसँग माग गरेका छन् । बागमती प्रदेश सभामा सदस्यमा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य सांसद चन्द्र लामा बागमती प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएकोमा हार्दिक दिँदै प्रदेश सरकारसँग यस्तो माग गरेको हो ।
एशोसिएशनले मन्त्री लालार्ई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै वहाँको कार्यकालमा समग्र कृषि क्षेत्रको विकास सँगै दुग्ध क्षेत्रको विकासमा अग्र स्थानमा रहँदै काँचुली फेर्ने कुरामा आशा व्यक्त गरेको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले बीमापोष्टलाई बताए ।
‘नेपालमै पहिलो डेरी स्थापना भएको काभ्रे जिल्लामा केहि खास पहिचान हुने काम गरि जिल्लाको दुधको इतिहास बचाउन अनुरोध गर्यौं’, महासचिव दाहालले भने ।
एसोसिएसन बागमती प्रदेश सचिव गोपाल तिमल्सिना, कोषाध्यक्ष नवराज तिमल्सिना, सदस्य श्याम घिमिरे, धुर्ब तिवारी केन्द्रिय सदस्य मनोज घिमिरे र महासचिव प्रल्हाद दाहलको उपस्थिति रहेकोे थियो । महासचिव दाहालले काभ्रे जिल्ला सबैभन्दा धेरै दुध उत्पादन हुने र दुधमा पहिलो आत्मनिर्भर भएको जिल्ला भएर पनि दुग्ध क्षेत्रमा भने जति विकास हुनुपर्ने हो त्यति हुन नसकेर किसान र उद्योगले त्यति सहजता नपाएको बताए ।
बि।स। २००९ सालमा पहिलो डेरी स्थापना भएको काभ्रेको नाला टुसालमा रहेको जमिन अहिले जंगलमा परिणत भएको बताउँदै दाहालले सो स्थानमा डेरी टेक्निकल ईन्स्टिच्युट बनाउन पहल गर्न महासचिव दाहालले मन्त्री लामालाई आग्रह गरेका छन् । सबैभन्दा बढी दुध उत्पादन हुने र सबैतिरलाई पायक पर्ने जिल्ला भएकोले धुलो दुध कारखाना स्थापना गर्दा समग्र प्रदेशभरिका जिल्लालाई सुविधा हुने दाहालले सुझाव दिएका छन् ।
त्यसैगरि बधाई दिने क्रममा केन्द्रिय सदस्य मनोज घिमिरेले नेपाल डेरी एसोसिएसनको अवधारणा राख्दै बधाई दिए । एसोसिएसनका बागमती प्रदेश सचिव गोपाल तिमल्सिनाले मन्त्री लामाले दुग्ध क्षेत्रलाई हेर्ने नजर फराकिलो बनाउन अनुरोध गरे भने प्रदेशका कोषाध्यक्ष नवराज तिमल्सिनाले काभ्रेका किसानको हितमा काम गर्न सुझाव दिए ।
त्यस्तै बधाई दिने कार्यक्रमका प्रदेश सदस्य श्याम घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशबारे बताउँदै बागमती प्रदेश सबैभन्दा बढि दुध खपत हुने प्रदेश भएको र यो प्रदेशलाई चाडैं दुधमा आत्मनिर्भर बनाउने तर्फ कार्यक्रम ल्याउन मन्त्री लामा समक्ष अनुरोध गरेका छन् ।













