कति रूपैयाँमा भयो क्रेस्ट माइक्रो लाइफको पहिलो कारोबार?
२८ चैत्र २०८१, बिहीबार ११:०८

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलो कारोबार आज बिहीबार ३०२ रूपैयाँ ५० पैसामा भएको छ।
कम्पनीलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १००.८६ रूपैयाँदेखि ३०२.५८ रूपैयाँसम्मको कारोबार रेन्ज तोकेको थियो।
बुधबार २७ गते कम्पनीको ७५ लाख कित्ता शेयर सूचीकृत भएको थियो। दोस्रो बजारमा आएसँगै अब लगानीकर्ताहरूले यस कम्पनीको शेयर कारोबार गर्न सक्नेछन्।













