सन नेपाल लाइफको बीमालेख पुनर्जागरणमा आजदेखि ७५ प्रतिशत छुट
१५ बैशाख २०८२, सोमबार १४:१६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका व्यतित बीमालेख पुनर्जागरणमा आजदेखि विशेष छुट पाइने भएको छ ।
कम्पनीका अनुुसार बीमितहरुले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म ब्याज छुट सुविधा पाइने भएको छ । उक्त छुट सुविधा बैशाख १५ गते अर्थात आजदेखि बैशाख ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
यो सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरीने र यसरी ब्याज छुट सुविधा उपयोग गरी नविकरण गरिएका बीमालेख समर्पण गर्न चाहेमा उक्त छुट रकम समर्पण मूल्यबाट कट्टा गरीने लगायतका शर्तहरु कम्पनीले उल्लेख गरेको छ ।













