प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?
१९ बैशाख २०८२, शुक्रबार १०:३१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनश र नगदसहित कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको बैशाख १७ गते साझ बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीको खातामा जम्मा हुने प्रावधान छ ।














