हिमालयन लाइफको नाफा ८ प्रतिशत बढ्यो, जीवन बीमाकोष पौने ७४ अर्ब पुग्दा ईपीएस कति?

२१ बैशाख २०८२, आईतवार ०७:२०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको यसै अवधिसम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा ८.४९ प्रतिशतले खुद नाफा बढेको हो। यस्तै कम्पनीको जीवन बीमाकोषको आकार पनि ६१ अर्ब ६५ करोड रुपैयाँबाट बढेर ७३ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि १२ अर्ब २ करोड ३० लाख रुपैयाँबाट बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी पनि १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबाट बढेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खर्च पनि १६ अर्ब २६ करोड रुपैयाँबाट बढेर १७ अर्ब १४ करोड रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४७ करोड रुपैयाँ र जगेडा कोषमा करीब १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ २४ पैसाबाट घटेर ६ रुपैयाँ ७५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ०७ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*