तीन लघु जीवन बीमा कम्पनीको तेस्रो त्रैमास कस्तो रह्यो ?
२१ बैशाख २०८२, आईतवार १७:३३

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हाल संचालमा रहेका लघु जीवन बीमा कम्पनीहरुले साढे ८५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा ८५ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएका हुन् ।
यस अवसिधमा गार्डियन माइक्रो लाइफले साढे ३२ करोडरुपैयाँ बराबरको व्यवसाय भित्र्याएको छ।
क्रेस्ट माइक्रो लाइफले ३२ करोड माथिको व्यवसाय भित्र्याएका छन् ।
लिबर्टी माइक्रो लाइफले साढे २० करोड माथिको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।














