सानिमा रिलायन्सको लोकप्रिय ‘सरल तथा एकल जीवन बीमा योजना’

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा प्रस्तुत ‘सरल तथा एकल जीवन बीमा योजना’ हालका दिनमा बीमितहरूको आकर्षणको केन्द्र बनेको छ। कम प्रिमियममा उच्च बचत र सुरक्षा सुविधा समेटिएको यो योजना लचिलो भुक्तानी विकल्पका कारण पनि धेरैको रोजाइमा परेको हो।
यो योजनाअन्तर्गत बीमितले बीमाशुल्क एकमुष्ट तिर्न सक्ने वा त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा भुक्तानी गर्न सक्ने सुविधा पाउँछन्। साथै अतिरिक्त प्रिमियम तिरेर बीमितले चार प्रकारका थप सुरक्षात्मक सुविधा– दुर्घटनामा मृत्यु, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगको सुरक्षा पनि प्राप्त गर्न सक्छन्।
यदि बीमितको दुर्घटनामा मृत्यु भएमा आश्रितले बीमांकको दोब्बर रकम प्राप्त गर्नेछन्। पूर्ण स्थायी अशक्तता भएमा १२० महिनासम्म मासिक किस्तामा बीमांक प्राप्त हुनेछ र बाँकी बीमाशुल्क मिनाहा हुनेछ।
घातक रोगको अवस्था आएमा ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी हुने व्यवस्था गरिएको छ जसमा क्यान्सर, मिर्गौला फेल, पार्किन्सन, पक्षाघातजस्ता १८ रोग समावेश छन्।
यो योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिका लागि उपयुक्त छ भने बीमा अवधि कम्तीमा ७ वर्षदेखि अधिकतम ५२ वर्षसम्मको हुने छ। न्यूनतम बीमांक २५ हजार रुपैयाँ भए पनि अधिकतम बीमांक आयस्रोतको आधारमा निर्धारण हुनेछ।
बीमा अवधि समाप्त भएपछि बीमितले बीमांकसहित संकलित बोनस पनि एकमुष्ट रूपमा पाउनेछन्। बीमा अवधिभित्र मृत्यु भएमा बीमितका हकवालाले बीमांक र जम्मा भएको बोनस प्राप्त गर्नेछन्।













