मृगौलाको समस्याबाट मृत्यु भएका बीमितको दावी रकम ठगी गर्ने शाखा प्रबन्धक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा बीमा गरेर विदेश गएको बीमितकको निधन भएपछि हकवालाले पाउनुपर्ने बीमा दावी रकममा जालझेल गरी ठगी गर्ने एक जीवन बीमा कम्पनीका शाखा प्रबन्धक पक्राउ परेका छन् ।
मोरङ जिल्लाको केराबारी गाउँपालिका–९ देवीझोडाका ३७ वर्षिय बीमित नइन्द्र विश्वकर्माको हकवाला श्रीमतीलाई बीमा दावी वापतको भुक्तानी दिनुपर्ने रकम झुक्याएर ठगी गर्ने एक बीमा कम्पनीका शाखा प्रबन्धक सन्तोष अधिकारी प्रहरीले पक्राउ गरेको हो ।
बिमितका हकवालाले पाउनुपर्ने रकम दिनुको साटो उल्टै झुक्यानमा पारेर ठगी गर्ने अधिकारीलाई मोरङ जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्वर्गिय बीमित नइन्द्र ०८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि बहराइन गएका थिए । तर, मिर्गौलाको गम्भीर बिरामी भएपछि उनी एक वर्षपछि ०८१ मै स्वदेश फर्के । उपचारकै क्रममा उनको मृत्यु भयो ।
बीमितको निधन भएपछि हकवाला उनकी श्रीमती भीमकुमारी विश्वकर्माले आवश्यक कागजातसहित बीमा दावी भुक्तानीको लागि शाखामा निवेदन गर्दा उल्टै शाखा प्रमुख अधिकारीले विभिन्न बाहाना बनाएर उल्टै पीडितलाई नै ठगी गरेका छन् ।













