वैवाहिक वर्षगाँठमा श्रीमतीलाई सन नेपाल लाइफको जीवन बीमा उपहार
२५ बैशाख २०८२, बिहीबार १४:०५

काठमाडौं । वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा पर्वहरूमा महंगो र क्षणिक रमाइलोको सामग्री उपहार दिने र फजुल खर्चको सट्टा दिगो हुने गरी जीवन बीमा पोलिसी उपहार दिने प्रचलन अहिले बढ्दै गइरहेको छ।
यसैको थप एक उदाहरणस्वरुप गौरिगंगा नगरपालिका–४, कैलाली निवासी प्रेमबहादुर कामीले आफ्नो २१ औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा आफ्नी श्रीमती चन्द्रा कामीलाई सन नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका छन्।
उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोगबुढा उपशाखा कार्यालयसँग समन्वय गरेर २० वर्षे अवधिको ५ लाख रुपैयाँ पर्ने धनन्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा पोलिसी उपहारको रूपमा दिएका हुन्।
बीमा उपहार हस्तान्तरणमा अभिकर्ता रविबहादुर बिक, जोगबुडा उपशाखा प्रमुख वीरबहादुर खाती, कर्मचारी वीरबहादुर भण्डारी लगायत अन्यको समेत उपस्थिति थियो।













