क्रेस्ट माइक्रो लाइफको नाफा ६३८ प्रतिशत बढ्यो, जीवन बीमा कोष ५ करोड ७३ लाख

२८ बैशाख २०८२, आईतवार ०९:१६

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आवको सोही अवधिसम्म १४ लाख २६ हजार रूपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस वर्ष भने ६३८.६४ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।

त्यस्तै यस वर्ष कम्पनीको जीवन बीमा कोषको आकार पनि ९२ लाख ४१ हजार रूपैयाँबाट ५२० प्रतिशतले बृद्धि भएर ५ करोड ७३ लाख रूपैयाँ नाघेको छ।

खुद ब्याज आम्दानी पनि गत वर्ष ४ करोड ३४ लाख रूपैयाँ रहेकोमा यस वर्ष ३६४.४२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रूपैयाँभन्दा माथि पुगेको छ।

कम्पनीको कुल आम्दानी १९८.७२ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि १९०.५९ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष कम्पनीको कुल आम्दानी ७ करोड ८६ लाख रूपैयाँ रहेकोमा यस वर्ष करीब साढे २३ करोड रूपैयाँ र कुल खर्च गत वर्ष ७ करोड ७१ लाख रूपैयाँ रहेकोमा यस वर्ष २२ करोड ४२ लाख रूपैयाँ नाघेको छ।

चुक्ता पूँजी ७५ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे २० लाख रूपैयाँ र जगेडा कोषमा १ करोड २२ लाख रूपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ०.३६ रूपैयाँबाट बढेर १.८७ रूपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०२.८८ रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*