वित्तीय वृद्धि र मुनाफा विस्तारसँगै प्रभु महालक्ष्मी लाइफको रेटिङमा सुधार, इक्राबाट प्राप्त भयो ‘ट्रिपल बी माइनस’

२८ बैशाख २०८२, आईतवार १२:१२

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्याङ्कन स्तरमा सुधार आएको छ । क्रेडिट मूल्याङ्कन संस्था इक्रा नेपालले कम्पनीको इस्युअर रेटिङलाई पहिलेको डबल बी प्लसबाट सुधार गर्दै त्रिपल बी माइनसमा उक्लाएको हो।

इक्रा नेपालले दिएको यो मूल्याङ्कनले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू समयमै तिर्न सक्ने मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्छ । मूल्याङ्कनमा प्रयोग गरिने प्लस वा माइनस चिह्नहरूले सम्बन्धित श्रेणीभित्र संस्थाको तुलनात्मक अवस्था जनाउँछन् । इक्रा नेपालले यस्तो मूल्याङ्कन गर्दा कम्पनीको अघिल्लो वित्तीय प्रदर्शन, जोखिम व्यवस्थापन क्षमता, बजारको अवस्था, पूँजीको स्थिति तथा भविष्यको संभाव्यता आदिको विस्तृत अध्ययन र विश्लेषण गरी निष्कर्ष निकालेको हो ।

रेटिङ बढाइएको मुख्य कारण भनेको मर्जरपछि आर्थिक वर्ष २०८०।०८१ मा प्रभु महालक्ष्मी लाइफले देखाएको सशक्त व्यापार वृद्धि हो । कम्पनीको नेट प्रिमियम आम्दानी करिब २२ प्रतिशतले बढेको छ ।

त्यसैगरी, कम्पनीमा बैंक तथा वित्तीय संस्थाहरूको करिब २४ प्रतिशत स्वामित्व (मध्य जनवरी २०२५ अनुसार) रहेको छ । कम्पनीको विविध शाखा सञ्जाल, भविष्यमा दिनुपर्ने बोनसको लागि आवश्यक जगेडा र अनुभवी व्यवस्थापन टोली पनि रेटिङको लागि सकारात्मक पक्षहरू मानिएका छन् । कम्पनीले आफ्नो लगानी पोर्टफोलियोको गुणस्तर र प्रतिफल कायम राख्न वा सुधार गर्न सक्ने क्षमता, त्यसबाट हुने लाभ तथा सॉल्भेन्सी स्थितिमा सुधार गर्न सक्ने क्षमताहरू नै रेटिङका प्रमुख संवेदनशील पक्षहरू हुने उल्लेख गरीएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०।०८१ मा ३८ करोड रुपैयाँ (करपछि) मुनाफा आर्जन गरेको थियो । सोहि अवधिसम्म कम्पनीको कुल सम्पत्ति १६ अर्ब ५७ करोड २० लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*