बीमा बजारमा अग्रगामी पाइला : ब्यवसाय विस्तारमा नेपाल माइक्रो इन्स्योरेन्सको उल्लेखनीय फड्को

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएको बीमा पोलिसी बिक्री शुल्क संकलनको लक्ष्य तेस्रो त्रैमासिकभित्रै पूरा गर्न सफल भएको छ। कम्पनीको योजनाबद्ध रणनीति, कर्मठ कर्मचारी र बजारमा बढ्दो पहुँचको प्रमाणस्वरूप उल्लेख्य प्रगति गर्ने सफल भएको हो ।
यस उपलब्धिको अवसरमा कम्पनीले २०८२ बैशाख २७ गते ‘बिजनेस रिभ्यू एण्ड मार्केटिङ स्ट्राटेजी वर्कशप २०२५’ आयोजना गरेको थियो। कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन, सम्पूर्ण विभागीय प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले समयभन्दा अगावै लक्ष्य हासिल गर्नमा योगदान गर्ने सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दै बधाई दिए। उनले लघु बीमा क्षेत्रमा अझ सशक्त उपस्थिति जनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘कम्पनीको यस्तो प्रगति बर्षहरुमा पनि पूरा गर्नुपर्ने जिम्मेवारी तपाईं हाम्रो काँधमा थपिएको छ । लघु बीमाको लक्ष्य पूरा गर्न सबै कर्मचारी एकजुट भएर कार्य गर्नुपर्ने दायित्व हाम्रो रहेको छ ।’
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ग्रामीण तथा विपन्न वर्गसम्म बीमा सेवा पुर्याउने लक्ष्यसहित काम गरिरहेको छ।













