यूनाइटेड अजोडको खुद नाफा ११ करोड ६१ लाख, अन्य सूचक कस्तो?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले यस अवधिसम्म ११ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ।
गत आवको यसै अवधिसम्म २७ करोड ४१ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवको सोही अवधिमा भने ५७.६५ प्रतिशत कम खुद नाफा गरेको हो।
कम्पनीको खुद ब्याज आम्दानी पनि ७८ करोड ४४ लाख रूपैयाँबाट ८.१६ प्रतिशतले घटेर ७२ करोड ४ लाख रूपैयाँमा झरेको छ।

यस वर्ष कम्पनीको आम्दानी १३.४१ प्रतिशतले घट्दा खर्च भने ८.५८ प्रतिशतले बढेको छ। आम्दानी १ अर्ब २७ करोडबाट घटेर १ अर्ब १० करोड रूपैयाँमा झर्दा खर्च ८६ करोड ७७ लाखबाट बढेर ९४ करोड २१ लाख रूपैयाँ नाघेको छ।
चुक्ता पूँजी २ अर्ब १० करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड रूपैयाँ, जगेडा कोषमा साढे १६ करोड बढी र स्पेशर जिर्भमा ९९ करोड रूपैयाँ सञ्चिति रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्ष १७.४१ रूपैयाँ रहेकोमा चालू आवमा १०.०४ रूपैयाँले घटेर ७.३७ रूपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.५९ रूपैयाँ छ।













