नेप्सेमा सूचीकृत कुन जीवन बीमा कम्पनीको अवस्था कस्तो ? (तथ्यांकसहित)

रिना खत्री
३१ बैशाख २०८२, बुधबार ०७:५७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ञ (नेप्से) मा सूचीकृत जीवन बीमा कम्पनी सहित अन्य कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको तस्रोे त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफको सूचांकहरुमा उल्लेखनीय आर्थिक वृद्धि गर्न सफल भएका छन् ।

कम्पनीले सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको प्रमुख सूचकहरुमा सुधार देखिएको छ । पुँजीका हिसावले नेपाल लाइफको सबैभन्दा धेरै ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ। त्यस्तै सबैभन्दा कम एशियन लाइफको ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। समग्र सूचकमा नेपाल लाइफ पहिलो नम्बरमा रहेको छ । नेप्सेमा सूचीकृत नभएको सरकारी स्वामित्वमा रहेको कम्पनी भने अधिकांश सूचकमा कमजोर देखिएको छ।

प्रतिशेयर आम्दानीको हिसाबले रिलायबल नेपाल अग्रस्थानमा रहेको छ। दोस्रो बजारमा शेयर मूल्यको आधारमा हेर्ने हो भने एलआईसी नेपाल लगानीकर्ताको सर्वाधिक रोजाईमा पर्ने कम्पनी रहेको छ। कम्पनीको दोस्रो बजारमा सबैभन्दा धेरै शेयर मूल्य रहेको छ। दोस्रो बजारमा सबैभन्दा कम शेयरमूल्य सानिमा रिलायन्स लाइफको रहेको छ ।

चुक्ता पुँजिको आधारमा

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा आईपुग्दा नेपालको सबैभन्दा चुक्ता पुँजि भएको जीवन बीमा कम्पनीको रुपमा हिमालयन लाइफ हुन सफल भएको छ ।हिमालयन लाइफको चुक्ता पुँजी नौ अर्ब १४ करोड रुपैयाँ रहेको छ । साविककको प्राइम, युनियन र गुराँस लाइफ तीन कम्पनीबीचको मर्जरपश्चात् कम्पनी झनै मजबुत बनेको छ ।

चुक्ता पुँजिको आधारमा दोस्रोमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफको चुक्ता पुँजी नौ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको ५ अर्ब १ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको ५ अर्ब १ करोड रुपैयाँ, आइएमई लाइफको ५ करोड रुपैयाँ, एलआईसी नेपालको पाँच अर्ब रुपैयाँ, सिटिजन लाइफको पाँच अर्ब रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ अर्ब ७२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको ४ अर्ब ६४ करोड रुपैयाँ, सन नेपाल लाइफको ३ अर्ब ९६ करोड रुपैयाँ, एशियन लाइफको ३ अर्ब ३९ करोड रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको १८ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पुँजिको आधारमा सबैभन्दा सानो कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी हो ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा नेपाल लाइफ अग्रस्थान रहेको छ । कम्पनीको जगेडा कोषमा एक अर्ब ३२ करोड रुपैयाँ रकम संचिती रहेको छ ।

एलआईसी नेपालको जगेडा कोषमा ६७ करोड रुपैयाँ, नेशनल लाइफको ६१ करोड रुपैयाँ, मेट लाइफको ५६ करोड रुपैयाँ, हिमालयन लाइफको ४७ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको ३९ करोड रुपैयाँ, एशियन लाइफको २६ करोड रुपैयाँ, आइएमई लाइफको २२ करोड रुपैयाँ, सिटिजन लाइफको २१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको २० करोड रुपैयाँ, सन नेपाल लाइफको १८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको १५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १० करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ३ करोड रुपैयाँ संचिती रहेको छ ।

बीमा कोषको आधारमा

बीमाकोषको आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीको बीमाकोष २ खर्ब २५ अर्ब रुपैयँ रहेको छ । नेपाल कूल सात खर्बको जीवन बीमा कोष मध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल लाइफमा रहेको छ ।

दोस्रोमा एलआईसी बीमा कोष १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । तेस्रो स्थानमा नेशनल लाइफ रहेको छ । कम्पनीको बीमाकोषमा ८१ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, हिमालयन लाइफको ७३ अर्ब रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको ५९ अर्ब रुपैयाँ, एशियन लाइफको ४५ अर्ब रुपैयाँ, सूर्य ज्योति लाइफको ३९ अर्ब रुपैयाँ, मेट लाइफको २८ अर्ब रुपैयाँ, सिटिजन लाइफको १८ अर्ब रुपैयाँ, सानिमा रिलायन्सको १७ अर्ब रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १२ अर्ब रुपैयाँ, रिलायबल नेपाल लाइफको १२ अर्ब रुपैयाँ, आइएमई लाइफको ११ अर्ब रुपैयाँ र सन नेपाल लाइफको ९ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

कुल बीमा शुल्कको आधारमा

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब २४ करोड रुपैयाँको व्यवासाय भित्राउन सफल भएको छ ।
नेपाल लाइफले सदाझै यस बर्ष पनि अग्रस्थानको कारोबार गर्न सफल भएको छ। कम्पनीले यस अवधिसम्ममा ३२ अर्बको व्यवसाय भित्र्याउन सफल भएको छ ।
दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा १४ अर्ब २६ करोड रुपैयाँको कारोबार गरेको छ ।

तेस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १४ अर्बको कारोबार गर्न सफल भएको छ ।

त्यस्तै, हिमालयन लाइफले साढे १२ अर्ब माथि, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले साढे ७ अर्बमाथि, सूर्यज्योति लाइफले ७ अर्ब ६३ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ७९ करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याएका छन् ।

आइएमई लाइफले साढे ३ अर्ब माथि, सन नेपाल लाइफले ३ अर्ब ७१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क भित्र्याउन सफल भएको छ ।

खुद बीमा शुल्कको आधारमा

खुद बीमाशुल्कको आधारमा नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ३२ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा १४ अर्ब रुपैयाँ, एलआईसी नेपालले १३ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा १३ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

मुनाफाको आधारमा

तेस्रो त्रैमाससम्मको जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९० प्रतिशतले बृद्धि भएको छ ।
हाल संचालमा रहेका जीवन बीमा कम्पनीहरुले यस अवधिमा चार अर्ब ८८ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले चार अर्ब ३६ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ८.६४ प्रतिशत बढी रहेको छ।

दोस्रो नम्बरमा रहेको हिमालयन लाइफको मुनाफा ८.४९ प्रतिशतले बृद्धि भई ४३ करोड ५४ लाख रुपैयाँबाट ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफले छोटो अवधिमा नै उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले ४६ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

त्यस्तै, चालु आवको चैत मसान्तसम्ममा नेशनल लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेट लाइफले ३४ करोड ५१ लाख रुपैयाँ, सानिमा रिलायन्सले ३३ करोड ७६ लाख रुपैयाँ र एशियन लाइफले ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड सात लाख रुपैयाँ, एलआइसी नेपालले २३ करोड ६० लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले एक करोड ५४ लाख रुपैयाँ खुद नाफा रहेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीको आधारमा राष्ट्रिय जीवन बीमा कम्पनी लाइफ अग्रस्थानमा रहेको छ । तर कम्पनी दोस्रो बजारमा सूचीकृत छैन ।

रिलायबल नेपाल दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये अग्रस्थानमा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३।३८ रहेको छ ।
दोस्रोमा एशियन लाइफ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३।१३ रहेको छ ।

तेस्रोमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११।०७ रहेको छ ।
नेशनल लाइफको प्रतिशेयर आम्दानी १०।४९ रुपैयाँ, आईएई लाइफको ९।७७ रुपैयाँ, नेपाल लाइफको ९।६३ रुपैयाँ, सिटिजन लाइफको ९।५४ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ८।९८ रुपैयाँ, सुर्यज्योति लाइफको ७।८७ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ७।६४ रुपैयाँ रहेको छ ।

त्यस्तै, सबैभन्दा कम प्रतिशेयर आम्दानी एलआईसी नेपालको रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६।२९ रहेको छ ।

नेटवर्थको आधारमा

नेटवर्थको आधारमा एलआईसी अग्रस्थानमा रहेको छ । कम्पनीको नेटवर्थ १९८।९७ रहेको छ ।
दोस्रोमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नेटवर्थ १६७।९७ रहेको छ ।
तेस्रोमा सन नेपाल रहेको छ । कम्पनीको नेटवर्थ १६४।२३ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*