बीमाको बजारलाई थप ऊर्जा दिन बीमापोष्टको योगदान सराहनीय, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलको शुभकामना

३१ बैशाख २०८२, बुधबार ११:४७

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमापोष्ट डटकमको पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै बीमाको बजारलाई थप ऊर्जा दिन र बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा धन्यवादको दिनुभएको छ ।

अध्यक्ष पोषक पौडेलले बीमा क्षेत्रलाई देशको मूल अर्थतन्त्र, बैंक वित्त, पूँजीबजार र कर्पोरेट सेक्टरलाई समेत समाहित गर्दै बीमाको बजारलाई फराकिलो पार्ने कार्यमा यस सञ्चार माध्यमले भूमिका खेल्दै आएको र आगामी दिनहरूमा थप ऊर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको उल्लेख गर्नुभयो । आगामी दिनमा समेत यस सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैको हित प्रवद्र्धनमा थप टेवा पुराउनुका साथै बीमा क्षेत्रमा घट्न सक्ने विकृति, विसंगती तथा बेथितिहरूका विरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको बताउनु भएको छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले दिनु भएको शुभकामना सन्देश:

शुभ-कामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डटकम (www.beemapost.com) अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको पुनित उपलक्ष्यमा सम्पादक, कर्मचारी वर्ग तथा यस सञ्चार माध्यम मार्फत सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बीमा क्षेत्रलाई आधार बनाएर सञ्चालित बीमापोष्ट डटकमको योगदान सराहनीय रहेको छ । बीमाको बजारलाई थप ऊर्जा दिन र बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा बीमापोष्ट डट धन्यवादको पात्र बनेको छ । बीमा क्षेत्रलाई सीमित घेराबाट बाहिर निकालेर आम जनताको घरदैलो र गरीब र न्यून आय भएका जनताको गाउँबस्तीसम्म पुयाउन सञ्चार माध्यमहरूको भूमिका अपरिहार्य छ ।

बीमा क्षेत्रलाई देशको मूल अर्थतन्त्र, बैंक वित्त, पूँजीबजार र कर्पोरेट सेक्टरलाई समेत समाहित गर्दै बीमाको बजारलाई फराकिलो पार्ने कार्यमा यस सञ्चार माध्यमले भूमिका खेल्दै आएको र आगामी दिनहरूमा थप ऊर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको छ । आगामी दिनमा समेत यस सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैको हित प्रवर्द्धनमा थप टेवा पुऱ्याउनुका साथै बीमा क्षेत्रमा घट्न सक्ने विकृति, विसंगती तथा बेथितिहरूका विरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको छु ।

अन्त्यमा बीमापोष्टले मनाउन लागेको पाँचौं वार्षिकोत्सवको पावन अवसरमा जीवन बीमक संघ नेपालको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*