क्रेस्ट माइक्रो लाइफले जेठ २३ गते बोलायो साधारण सभा

१ जेष्ठ २०८२, बिहीबार ०८:५८

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो जेठ २३ गते सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन पनि सभाले गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने भएकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरू सभामा उपस्थित हुन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*