बीमा दावी भुक्तानीमा पारदर्शी आइएमई लाइफ, बैशाख महिनामा तीन करोड भुक्तानी

१ जेष्ठ २०८२, बिहीबार ११:१७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड बीमा दावी भुक्तानीमा अग्रगामी भुमिकामा रहदै आएको छ । कम्पनीले आफ्ना बीमितहरुलाई सहज र सरल तरीकाले बीमा दावी वितरण गरीरहेको हो ।

कम्पनीले प्रत्येक महिनाको अन्तिममा सो महिनामा भुक्तानी गरेको रकम सार्वजनिक गर्दै आएको छ । यसले कम्पनीको बीमा दावी भुक्तानी स्पष्ट र पारदर्शी रहेको बताउँछ ।

कम्पनीले चालु आर्थिक वर्षको बैशाख महिनामा कुल ७२ वटा बीमा दावी वापत तीन करोड चार लाख रुपैयाँ भुक्तानी गरेको छ । जसमा कम्पनीले फरेन इम्प्लोइमेन्ट पोेलिसी वापत १६, टर्म पोलिसी वापत ३९ र कन्भेन्सनल पोलिसी वापत १७ वटा गरी कुल ७२ वटा दावी भुक्तानी वितरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*