हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी ज्योति कुमार बेगानी र चन्दा कुमारी बेगानीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले क्रमशः १ लाख ४३ हजार ६९७ कित्ता सहित सोबाट प्राप्त हुन आउने १४ प्रतिशत बोनस शेयर बापतको २० हजार ११७.५८ कित्ता र १ लाख ४३ हजार २४० कित्ता सहित सोबाट प्राप्त हुन आउने १४ प्रतिशत बोनस शेयर बापतको २० हजार ५३.६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयधरनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। यसका लागि आवश्यक कागजात सहित अबको ३५ दिनभित्र कम्पनीको कानून विभागमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।














