हकप्रद निष्कासनका लागि एशियन लाइफको बुक क्लोज मिति तय
७ जेष्ठ २०८२, बुधबार १०:२७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने भएको छ।
बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर १ः०.४२ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।
1747801823943











