छोराको १८औं जन्मदिनमा आमाबाट जीवन बीमा पोलिसि उपहार
९ जेष्ठ २०८२, शुक्रबार १३:५८

काठमाडौँ । छोराको १८ औं जन्मदिनमा आमाबाट जीवन बिमा उपहार दिएकी छिन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बांसगढी उपशाखामा कार्यरत एजेन्सी म्यानेजर पुष्पा ऐडिले आफ्नो छोरा ओम ऐडिको १८ औं जन्मदिनको अवसरमा विशेष उपहारस्वरूप जीवन बिमा पोलिसि प्रदान गरेकी हुन् ।
उनले छोरालाई ५ लाख रुपैयाँको एन्डोमेन्ट अस्योरेन्स योजना अन्तर्गतको सिङ्गल पेमेन्ट जीवन बिमा पोलिसि उपहार दिएकी हुन् ।
जीवनमा सुरक्षाको महत्व बुझ्दै आमाले छोराको भविष्य सुरक्षित बनाउने उद्देश्यले उक्त पोलिसि उपहार दिएकी हुन् ।













