रिलायबल नेपाल लाइफ र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस बीच छुट सम्झौता
१२ जेष्ठ २०८२, सोमबार १०:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस बीच छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस मा गुणस्तरिय स्वास्थ्य उपचार गराउने हेतुले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ।
समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक माहाप्रवन्धक सैलेन्द्र श्रेष्ठ र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेसका प्रशासन प्रमुख सन्तोस निरौलाले हस्ताक्षर गरेका हुन्।
यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने कम्पनीले जानकारी दिएको छ।













