नुवाकोटमा किङलङ ईभी माइक्रोबस दुर्घटना, ९ जना घाइते

१३ जेष्ठ २०८२, मंगलवार १२:४४

काठमाडौं । चौधरी ग्रुपले बिक्री वितरण गर्दै आइरहेको किङलङ ब्रान्डको ईभी माइक्रोबस नुवाकोटको शिवपुरी गाउँपालिका–७, गुरुङ गाउँमा दुर्घटनामा परेको छ।

त्रिशूलीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८५४ नम्बरको सो माइक्रोबस आइतबार अपराह्न अनियन्त्रित भई सडकबाट खस्दा ९ जना यात्रु घाइते भएका छन्।

घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।

चौधरी ग्रुपले नेपालमा आयात गरी बिक्री गर्दै आएको किङलङ ब्रान्डका ईभीहरू कमजोर गुणस्तरका भएको आरोप पटक पटक लाग्दै आएको छ। प्राविधिक रुपमा कमजोर, ब्रेक सिस्टम र नियन्त्रण प्रणाली असुरक्षित रहेको भन्दै यस्ता गाडीहरू प्रति प्रश्न उठ्ने गरेका छन्।

उपभोक्ताहरूले बारम्बार गुनासो गर्दै आए पनि सम्बन्धित निकायले आवश्यक निरीक्षण र नियमन नगर्दा यस्ता दुर्घटनाहरू बढ्दै गइरहेका छन् जसबाट यात्रुहरूको ज्यानै जोखिममा पर्ने गरेको छ।

तस्बीरः रासस

One thought on “नुवाकोटमा किङलङ ईभी माइक्रोबस दुर्घटना, ९ जना घाइते

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*