नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको छ।
सभा कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा संचालक लतिका गोल्याण, सिद्धान्त झुनझुनवाला र स्वतन्त्र संचालक बद्री सिग्देल समेतको उपस्थितिमा सम्पन्न भएको हो।

सभामा संस्थापक शेयरधनी, सर्वसाधारण शेयरधनी तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो। साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी तथा अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

सभाले कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गत आवको वार्षिक प्रतिवेदन लगायत अन्य सामान्य प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरेको छ।
सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।













