छोरोको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । बद्लिदो परिवेशसँगै अचेल न्वारान, व्रतबन्ध, विवाह, जन्मदिन लगायतका उत्सवमा दिइने उपहारको स्वरूप पनि बद्लिदै गएको छ।
अनावश्यक फजूल खर्च र तामझाम गरेर क्षणिक सन्तुष्टिका महंगा उपहार दिनुको सट्टा सट्टा भविष्यका लागि बचत र जोखिम बहन दुबै हुने बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ।
यसैको थप एक उदाहरण स्वरूप रुपन्देही जिल्ला ओमसतिया गाउँपालिकास्थित लखनचोकका सुमन पुन र देवी पुनले आफ्नो छोरो अनमोल पुनको दोस्रो जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन्।
उनीहरूले छोराको भविष्य सुरक्षित राख्ने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरेर ‘सिटिजन बाल भविष्य प्लस बीमा योजना’ अन्तर्गत २० लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरूप दिएका हुन्।
जन्मोत्सव कार्यक्रममा सिटिजन लाइफ भैरहवा शाखाका प्रबन्धक गिरिजा खनालले बीमाको महत्त्व र यसको दीर्घकालीन फाइदाबारे जानकारी दिएका थिए।
उनले बालबालिकाको भविष्य सुरक्षित गर्न बीमा निकै प्रभावकारी माध्यम भएको स्पष्ट समेत पारेका थिए।













