जीवन बीमा कम्पनीहरुले १ खर्ब माथिको बीमा व्यवसाय भित्र्याए, कुनले कति ? (तथ्याङ्क सहित)

१९ जेष्ठ २०८२, सोमबार १८:०२

काठमाडौं । १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुको १ खर्ब माथिको कुल बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।

बैशाख मसान्तसम्ममा जीवन बीमकले १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएका हुन्।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाव्यवसाय भित्र्याउन सफल भएको छ ।

नेपाल लाइफ बैशाख मसान्तसम्ममा ३६ अर्ब ५९ करोड रुपैयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।कम्पनीले यस अवधिसम्ममा १७ अर्ब २० करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् ।

तेस्रोमा एलआइसी नेपाल रहेको छ।

कम्पनीले यस अवधिसम्ममा१५ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् ।

त्यस्तै, हिमालयन लाइफले १३ अर्ब ७९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ६७ करोड रुपैया, सूर्यज्योति लाइफले ८ अर्ब ५३ करोड रुपैयाँ, एशियन लाइफले ७ अर्ब १४ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ६८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ९८करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब १९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १० करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*