जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २७ अर्बमाथि, कुनको कति ?

१९ जेष्ठ २०८२, सोमबार १९:४१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा २७ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनामा सो मात्रामा नयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै नयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएका छन् । कम्पनीले १० महिनाको अवधिमा ६ अर्ब ८३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

दोस्रोमा नेशनल लाइफ रहेको छ ।कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ९ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।

तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सूर्य ज्योति लाइफले २ अर्ब ५ करोड रुपैैयाँ, हिमालयन लाइफले १ अर्ब ९२ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ३९ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ३३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ११ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ७ करोड रुपैयाा आइएमई लाइफले १ अर्ब ३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९२ करोड रुपैयाँ र सन नेपााल लाइफले ८० करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*