जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क १ खर्बमाथि (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनासम्ममा १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बीमा पोलिसी नविकरण वापत उक्त रकम आर्जन गर्न सफल भएका हुन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार बैशाख मसान्तसम्ममा नेपाल लाइफ नविकरण बीमाशुल्क आर्जनमा अग्रस्थानमा रहेको छ । कम्पनीले यस अवधिसम्ममा नविकरण बीमाशुल्क वापत २९ अर्ब ४७ करोड रुपैयाँ भित्र्याउन सफल भएको छ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्ममा १३ अर्ब ४३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा १ अर्ब २९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
चौथौमा हिमालयन लाइफ रहेको छ। कम्पनीले यस अवधिमा ११ अर्ब ७३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।













