वैवाहिक वर्षगाँठको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

२३ जेष्ठ २०८२, शुक्रबार १०:३८

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो। होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा परशुराम नगरपालिका –१ डडेलधुरा बस्ने एक दम्पतिले वैवाहिक वर्षघाटको अवसरमा आफ्नी छोरी प्रियान्सी ढाँट लाई बीमा पोलिसी उपहार दिए कि छिन् । श्रीमान महेन्द्र बहादुर ढाँट श्रीमती बसन्ती साउद ले आफ्नो पहिलो सन्तान छोरीलाई बिमा पोलिसी उपहार दिएका हुन्। ढाँट परिवार रोजगारीको सिलसिलामा भारतलगायतका नेपालको विभिन्न ठाउँमा यात्रा गर्ने पारिवारिक सुरक्षा सँगै बच्चाको भविष्य सुनिश्चितताको लागि आमा बुवाको जिम्मेवारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लाई हस्तान्तरण गरी बच्चाको भविष्यको लागि ढुक्क रहने निदो गरेको परिवारले बताउँछन । उक्त बीमा शाखा कार्यालय अत्तरियाबाट २० लाख रुपैयाँ बीमाङ्क को रिलायबल सर्वसुलभ बालजीवन बीमा उपहार दिए का हुन् ।

दम्पतिले आफ्नो जिम्मेवारी, जोखिम हेरि पारिवार सँगै बच्चाको भविष्यका लागि भन्दै उनले बीमा पोलिसि उपहार स्वरुप दिएका हुन्। शाखा प्रमुख मोहन बहादुर बोहराले प्रशंसनीय प्रेरणादायी कार्य गरेकोमा दम्पतीलाई वैवाहिक वर्षघाटको बधाइ दिनुका साथ–साथै पोलिसी हस्तान्तरण गरेका छन् । उक्त पोलिसी अत्तरिया शाखाका कुशल एजेन्सी म्यानेजर राजमती कुमारी साउदको सहकार्यमा र डबल एमडीआइटी प्रेम साउद , एजेन्सी म्यानेजर लक्ष्मी साउद लक्ष्मण साउद र स्थानीय हरूको उपस्थितिमा विमित र प्रस्तावक कामको सिलसिलामा छिमेकी मुलुक भारतमा हुँदा उक्त पोलिसी निजको माइती घरमा कृष्णपुर नगरपालिका २ बंक निजको आमालाई पोलिसी हस्तान्तरण गरेका हुन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवद्र्धक रहेको कम्पनीको बोनसदर पनि उल्लेखनीय रहेको छ पछिल्लो समय रिलायबल हरेक क्षेत्रमा आम नेपालीको पहिलो रोजाईको पहिलो बीमा कम्पनी बनिरहेको छ विश्वसनीयता सरलता र अतिरिक्त सुविधासहितका जनप्रिय बीमा योजना एकदमै उत्कृष्ट रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*