हिमालयन लाइफको बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छूट
२६ जेष्ठ २०८२, सोमबार १२:०२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा छूट दिने दिइरहेको छ।
साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ समेतबाट जारी भएका बीमालेखहरू जेठ ३० गतेसम्म नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छूट दिइरहेको हो।
कम्पनीले ८ वर्षसम्मको व्यतित बीमालेखमा शतप्रतिशत र ५ वर्षदेखि माथि व्यतित बीमालेखमा ६० प्रतिशत यस्तो छूट दिइरहेको जनाएको छ।













