कैलालीको आधारभूत स्वास्थ्य केन्द्रमा सन नेपाल लाइफको सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको जानकी गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई मेडिकल स्टोरका दराजहरू हस्तान्तरण गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ ३१ गते शनिबार एक कार्यक्रमको आयेजना गर्दै उक्त सहयोग गरेको हो।
कम्पनीको लम्की शाखा प्रमुख डम्बर न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जानकी गाउँपालिका–३ का वडाध्यक्ष सुरेश चौधरी प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिका रूपमा स्वास्थ्य केन्द्रका इञ्चार्ज विनोद कठायतको सहभागिता रहेको थियो।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय बासिन्दा र कम्पनीका अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
स्वागत मन्तव्य धनगढी शाखाका प्रशासन प्रमुख मनोज आचार्यले दिएका थिए भने कार्यक्रमको सञ्चालन टिकापुर उपशाखा प्रमुख विष्णु प्रसाद भण्डारीले गरेका थिए।
कम्पनीले यसअघि पनि यस्तै प्रकारका विभिन्न सहयोगहरू गर्दै आएकोमा आगामी दिनहरूमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।













