सन नेपाल लाइफको बीमा पोलिसी नविकरणमा शत प्रतिशत छुट

१ असार २०८२, आईतवार १७:४३

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशतसम्म ब्याज छुट सुविधा दिने भएको छ ।

कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै आज अर्थात असार १ गतेदेखि ३० गतेसम्म व्यतित बीमालेख पुनर्जागरणमा छुट प्रदान गर्ने जानकारी दिएको हो ।

कम्पनीका अनुसार उक्त छुट सुविधा बीमा पोलिसी अवधिभर एक पटक मात्र प्रदान गरिने र यसरी ब्याज छुट सुविधा उपयोग गरी नविकरण गरेका बीमालेख समर्पण गर्दा उक्त छुट रकम समर्पण मूल्यबाट कट्टा गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*