प्रभु महालक्ष्मी लाइफका आर्यन खान एमडीआरटी २०२६ छनौट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान सन् २०२६ का लागि एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) छनौट भएका छन्।
खान यो समेत गरी पाँचौं पटक एमडीआरटी बनेको कम्पनीले बताएको छ। यसअघि २०२५ मा पनि एमडीआरटी अन्तर्गतकै उच्च तह सीओटी (कोर्ट अफ द टेबल) हासिल गरेका थिए। यो उपलब्धि अन्तर्राष्ट्रिय जीवन बीमा क्षेत्रमा अत्यन्तै प्रतिष्ठित मानिन्छ।
एमडीआरटी विश्वभर जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिनिधिहरुको समूह हो। आर्यन खानको नेतृत्व, इमानदारिता, सेवाप्रतिको समर्पण र ग्राहकप्रतिको प्रतिवद्धता स्वरूप यो उपलब्धि हासिल भएको कम्पनीले जनाएको छ।
एमडीआरटी बनेका खानले भने ‘यो सफलता मेरो मात्र होइन यो मेरा ग्राहकहरू (बीमीतहरू), मेरो टीम र हामीले अङ्गालेको विश्वासको उपलब्धि हो। हरेक पोलिसीसँगै हामी केवल बीमा मात्र गर्दैनौं भविष्य बनाउँदैछौं।’
प्रभु महालक्ष्मी लाइफ कम्पनीले खानको यस सफलतामा सधैं साथ रहने र हौसला प्रदान गर्ने जनाएको छ। गत वर्ष सीओटी हासिल गरिसकेका खानको अबको लक्ष्य टीओटी (टप अफ द टेबल) प्राप्त गर्नु रहेको बताएका छन्।













