लिवर्टी माइक्रो लाइफद्वारा दलित, भूमिहीन र अति बिपन्न ८७ परिवारको लघु जीवन बीमा

काठमाडौं । लिवर्टी माइक्रो लाइफले जीवन बीमाको महत्व बुझाउँदै लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–७ ले आर्थिक रूपमा अति बिपन्न, भूमिहीन र दलित समुदायका ८७ घरधुरीलाई सामूहिक रूपमा म्यादी लघु जीवन बीमा गरिदिएको छ।
बीमालेख वडा कार्यालयमै आयोजित एक कार्यक्रममा वडा अध्यक्षलाई हस्तान्तरण गरिएको हो। बीमा हस्तान्तरण कार्यक्रम लमजुङ उपशाखा प्रमुख निश्चल रेग्मीको उपस्थितिमा सम्पन्न भएको थियो।
वडाले स्थानीय स्तरमा बीमाको पहुँच र्पुयाउन चालिएको यो कदम प्रशंसनीय भएको बताएको छ।
उपशाखा प्रमुख रेग्मीले स्थानीय तथा केन्द्रीय सरकारको प्रत्यक्ष साथबिना यस्तो लघु बीमाको उद्देश्य प्राप्त गर्न निकै कठिन हुने भएकाले सबै तहको सहकार्य अपरिहार्य हुने बताए।
सामाजिक सुरक्षामा जीवन बीमाको भूमिका दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै कम्पनीले अन्य वडाहरूलाई पनि यस्ता अभियानमा सक्रिय हुन आग्रह गरेको छ।













