छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह र वर्षगाँठजस्ता अवसरहरूमा लाखौं खर्च गरेर भोजभतेर गर्ने चलनलाई पछाडि पार्दै जीवन बीमा पोलिसी उपहार दिने नयाँ परिपाटी बढ्दै गएको छ।
यस्तै सकारात्मक सोचका साथ कृष्णपुर नगरपालिका–०१ का श्याम बहादुर बोहरा र सरिता देवी बोहरा दम्पतीले आफ्नी छोरी सान्भी बोहराको पहिलो जन्मदिनको अवसर पारेर जीवन बीमा उपहार दिएका छन्।
उनीहरूले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाबाट सर्वशुलभ जीवन बीमा पोलिसी लिएर छोरीलाई उपहारस्वरूप दिएका हुन्। बीमा उपहारले बचत र आर्थिक सुरक्षासँगै भविष्यमा हुने जोखिमको तयारीसमेत गर्न मद्दत गर्ने भएकाले यो उपहार दिएको बोहरा दम्पतीले बताए।
बीमा पोलिसी हस्तान्तरणको अवसरमा शाखा प्रमुख मोहन बहादुर बोहराले दम्पतीलाई बधाई दिँदै प्रेरणादायी कामको प्रशंसा गरे। कार्यक्रममा रिलायबल शाखाका टप एजेन्सी म्यानेजर धर्म सिंह एयर र स्थानीय शिक्षक तथा कुशल एजेन्सी क्लब एचिभर हुकुम बहादुर बोहरा पनि सहभागी थिए।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंक जस्ता संस्थाहरूको प्रवद्र्धनमा स्थापित अग्रणी जीवन बीमा कम्पनी हो।













