ग्रामीण विकास र समाज लघुवित्तको मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बस्दै

८ असार २०८२, आईतवार ०७:२०

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्त यही असार २८ गते साधारणसभा बस्ने भएको छ।

साधारणसभा ग्रामीण विकास लघुवित्तको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजेदेखि बस्नेछ। साधारणसभामा भौतिक र भचर्चुअल दुवै माध्यमबाट भाग लिन सकिने कम्पनीले जनाएको छ।

सभाले ग्रामीण विकास र समाज लघुवित्त एकआपसमा १ बराबर १ कित्ता शेयर अनुपात कायम हुने गरी मर्ज हुने प्रस्ताव पारित गर्नेछ। साथै मर्जर सम्बन्धी अन्य आवश्यक सबै कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाले टुंगो लगाउनेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १५ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा असार १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै भाग लिन सक्नेछन्।

ग्रामीण विकास लघुवित्तको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ छ भने समाज लघुवित्तको चुक्ता पूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*