प्रभु क्यापिटललाई हराउँदै नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जित्यो नेपाल मर्चेन्ट बैंकर्स संघ कप २०८२

८ असार २०८२, आईतवार १२:०१

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा आयोजना गरेको नेपाल मर्चेन्ट बैंकर्स संघ कप २०८२ को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई फाइनलमा हराउदै यस वर्षको नेपाल मर्चेन्ट बैंकर्स संघ कप २०८२ को ऐतिहासिक उपाधि हासिल गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट समन्वय, कठिन परिश्रम र उच्च मनोबलको प्रदर्शन गर्दै नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड टिमले तीन प्रतिष्ठित उपाधिहरु क्रमशः उपाधि विजेता, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता सहित ऐतिहासिक उपाधि हासिल गर्न सफल भएको छ ।

यस ऐतिहासिक जितमा योगदान पु-याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि.परिवारको तर्फबाट हार्दिक बधाई एवं धन्यवाद व्यक्त समेत गरेको छ ।

आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितामा सक्रिय सहभागी भई संस्थाको गौरव बढाउँदै जाने दृढ संकल्पका साथ, हामी सबैलाई अझ प्रेरणा मिलोस् भन्ने कामना नेपाल एसबिआई मर्चेन्ट बैंकिङ परिवारले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*