लाभांश पारित गर्न एशियन लाइफले असार ३० गते बोलायो साधारणसभा

९ असार २०८२, सोमबार ०८:००

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यही असार ३० गते सोमबार आफ्नो १७औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले बारास्थित होटल इच्छा सिमरामा दिउँसो १ बजे सभा बस्ने निर्णय गरेको हो।

उक्त साधारणसभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरे बमोजिम गत आर्थिक वर्षको संचित नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशत (१७ करोड ३३ लाख ९१ हजार रुपैयाँ) बोनस शेयर र ०.२६८४ प्रतिशत (९१ लाख २५ हजार रुपैयाँ) बराबर नगद लाभांश (कर समेत) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी संस्थापक शेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना, सर्वसाधारण शेयरधनी (समूह ख) बाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्नेछ।

बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले र नियमनकारी निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा तथा लाभांश विरतण प्रयोजनका लागि यस कम्पनीले यही असार २० गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा असार १९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै सभामा भाग लिन सो सभाले पारित गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*