हिमालयन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छुट

९ असार २०८२, सोमबार १२:२४

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भएर व्यतित भइसकेका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा शतप्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस्तो छुट सुविधा हिजो असार ८ गतेदेखि नै लागू भएको छ भने असार २२ गतेसम्म जारी रहनेछ। यस अवधिभित्र साविक प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफसमेतबाट जारी भएको बीमालेख रिन्यू गरेमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाइनेछ।

कम्पनीले ५ वर्षसम्मको व्यतित बीमालेखमा १०० प्रतिशत र ५ वर्षभन्दा बढी समयदेखि व्यतित बीमालेखमा ६० प्रतिशत विलम्ब शुल्कमा छुट दिइएको जानकारी दिएको छ।

साथै यस्तो सुविधा बीमा अवधिभर एक पटक मात्रै पाइने र छुट सुविधा प्रयोग गरेर रिन्यू भएका बीमालेख २ वर्षभित्रै सरेण्डर भएमा शुल्क काटिने पनि जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*