विकास बैंकको शेयरमूल्यमा छायो हरियाली, कुनको कति ?

१२ असार २०८२, बिहीबार १६:४८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

आज डेभलपमेन्ट बैंकका शेयरधनीहरु मालामाल बनेका छन् । यसदिन डेभलपमेन्ट बैंक इन्डेक्स १ प्रतिशत अर्थात ५२.८८ अंकले बढेर ५२९६ को बिन्दुमा कायम भएको छ । बिहीबार नौ वटा विकास बैंकको शेयरमूल्यमा हरियाली छाएको छ भने ६ वटाको शेयरमूल्य घटेको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक प्रतिशतले बृद्धि भएको छ । आज बैंकको शेयरमूल्य ९.१८ प्रतिशत अर्थात १०९ रुपैयाँले बढेको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ९ प्रतिशत अर्थात ८२ रुपैयाँले बढेर ९९५ रुपैयाँमा कारोबार भएको छ । यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२० प्रतिशत, सिन्धु विकास बैंकको १.७४ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको १.०४ प्रतिशत, कामना सेवा विकास बैंकको ०.४७ प्रतिशत, ज्योति विकास बैंकको ०.२९ प्रतिशत, महालक्ष्मी विकास बैंकको ०.२३ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ०.०४ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

बिहीबार गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, साँग्रीला डेभलपमेन्ट बैंक र शाइन रेशुङ्गा विकास बैंकको ०.०८ प्रतिशतले शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*