११ महिनामा निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन झण्डै ८५ करोड, कुनको कति ?

काठमाडौं । चालू आर्थिक वर्ष २०८१।०८२ को ११ त्रैमाससम्मको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ८४ करोड ९५ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको जेठ मसान्तसम्मको अवधिमा यस्तो देखाएको हो ।
यसअवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ । ११ कम्पनीको अवधिमा कम्पनीले २३ करोड ७९ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी दोस्रोमा प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले यस अवधिमा २२ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २० करोड १७ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यसैगरी ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि आफ्नो बीमा व्यवसायलाई फैलाउँदै १८ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
यी कम्पनीहरूले ३ लाख ३९ हजार २१४ वटा बीमालेख जारी गरेर यो राशीको बीमाशुल्क आर्जन गरेका हुन् ।

चैत महिनामा मात्रै यी चार लघुबीमाले ८ करोड २६ लाख पैयाँको ब्यवसाय गरेका छन् ।













