लक्ष्मी सनराइज बैंक र आईएफसीबीच जोखिम सुदृढीकरण र दीगो वित्त प्रवर्द्धनका लागि साझेदारी

१३ असार २०८२, शुक्रबार १४:०१

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दीगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेशनल फाइनान्स कर्पाेरेशन (आइएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ।

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका साथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवद्र्धन गर्ने गरी दुई मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्ने जनाएको छ।

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*