प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ।
जसमध्ये ८० हजार २२२ कित्ता संस्थापक समूहतर्फको हो भने १ लाख ४४ हजार ५०६ कित्ता शेयर सर्वसाधारण समूहतर्फको रहेको छ। कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्रीमा राखेको हो।
संस्थापकतर्फको शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउने र सर्वसाधारणतर्फको शेयरमा जोकोहीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
आवेदन दिंदा संस्थापकतर्फ घटीमा १ हजार कित्ताका लागि र सर्वसाधारणतर्फ १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १० ले निःशेष भाग जाने गरी वा दुवैतर्फ सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
आवेदन यही असार २३ गतेदेखि ३० गतेभित्र पेश गरिसक्नु पर्नेछ। यस्तो आवेदन फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको ठमेल कार्यालय, सन नेपाल लाइफको पुतलीसडक कार्यालय र सन नेपाल लाइफकै बिराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ।














